प्रधानमन्त्रीमाथि यसरि खनिए प्रचण्डः अब गफ होइन, काम गर्नुस !

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, फाल्गुन २८, २०७४

काठमाडौं –  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन् । एमाले–माओवादी संयुक्त गठबन्धनबाट प्रधानमन्त्री बनेका ओलीमाथि प्रचण्ड खनिनुलाई निकै महत्वका साथ हेरिएको छ ।

गठबन्धन मात्रै होइन, एमाले र माओवादीबीच पार्टी एकता गर्ने प्रक्रिया अघि बढिरहेका बेला प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् ।

प्रचण्डले प्रधानमन्त्री ओलीलाई ओलीलाई भाषण मात्र नभई आफ्नो काम र कर्तव्यप्रति कठोर कदम चाल्न आग्रह गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वासको मत दिँदै प्रचण्डले जनताले झण्डै दुई तिहाई मत दिएर सरकारको हात बलियो बनाएको बताए ।

भ्रष्टाचार, अनियमिता गर्नेहरुविरु कठोर कदम चाल्न आग्रह गर्दै उनले भने, ‘अब जनताले भाषण होइन, एक्सन खोजेका छन्