भोलि र पर्सि बन्द हुने भनेको सत्य कि झुट यस्तो छ नालीबेली !

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, फाल्गुन २४, २०७४

काठमाडौँ , २४ फागुन – नेपाल बन्दको हल्ला चलिरहेका बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीले बन्द आह्वान नगरेको जनाएको छ ।

 

चन्द नेतृत्वको पार्टीले फागुन २५ र २६ दुई दिन बन्द आह्वान गरेको चर्चा चलिरहेका बेला सो पार्टीका पोलिट्ब्युरो सदस्य भरत वमले भने, ‘हाम्रो पार्टीको तर्फबाट कुनै बन्द आह्वान गरिएको छैन ।’

केही समूहले विप्लव नेतृत्वको बन्द रहेको भन्दै विद्यालय बन्द गराउँदै हिँडिरहेको बेला सो पार्टीका जिम्मेवार नेताले यस्तो बताएका हुन् ।

बन्दको प्रचार गर्दै हिँडेका पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष रञ्जित गुरुङ पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौँ  शुक्रबार दिउँसो न्यूरोडबाट पक्राउ गरेको हो ।