उपेन्द्र – स्वराजको भेट, किन यति धेरै खुसी देखिए उपेन्द्र ?

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, माघ १९, २०७४

काठमाडौँ- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई दिने भ्रमणमा नेपाल आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गरेका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा एक अर्काका चासोका विषयमा छलफल भएको यादवले बताए ।

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री स्वराजसँग शुक्रवार भेटपछि अध्यक्ष यादवले भने, “एक अर्काको हालखबर बुझ्ने काम भयो ।”