प्रदेश नम्बर २ को सरकार गठनमा भारतको चासो बढ्दो, सफलताका लागि दियो बधाइ

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, माघ १९, २०७४

काठमाडौँ – भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संघीय समाजवादी फोरमलाई विशेष महत्व दिएकी छन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीचको वान–टु–वान भेटवार्ता भएको छ ।

सोल्टी होटलमा भएको भेटमा विदेशमन्त्री स्वराजले अब बन्ने सरकारमा मिलेर सहभागि हुन सुझाव दिएको स्रोतले बताएको छ । चुनावमा फोरमले पाएको सफलताका लागि स्वराजले बधाइ दिएको पनि स्रोतले बतायो । भेटवार्ता पछि छोटो प्रतिक्रिया दिदै यादवले नेपाल–भारत सम्वन्धका विषयमा छलफल भएको बताए ।

उनले प्रदेश नम्बर २ को सरकार गठनमा स्वराजले चासो राखेको बताए । स्वराजले त्यसअघि माओवादी केन्द्रका अध्यक्ष माओवादी पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी थिइन ।

यादवले हालै सम्पन्न भएको निर्वाचनमा जनताले वामगठबन्धनलाई मत दिएको भन्दै आफूहरु वामगठबन्धनको नेतृत्वमा नै नयाँ सरकार बनोस् भन्ने पक्षमा रहेको धारणा राखेका थिए । उनले संविधान संशोधन भए हामी ओलीको नेतृत्वमा सरकारमा जान सकिने बताएका थिए ।