प्रदेश ३ को सभामुख निर्वाचन माघ २७ गते, भोलिपल्ट उपसभामुख चयन हुने

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, माघ १८, २०७४

काठमाडौँ

प्रदेश ३ को सभामुख गर्न माघ २७ गते निर्वाचन हुने भएको छ । आज बसेको प्रदेश ३ को सर्वदलीय बैठकले २७ गतेको बैठकबाट सभामुख चयन गर्ने निर्णय गरेको हो ।

सभामुख निर्वाचनको भोलिपल्ट उपसभामुख चयन हुने बताइएको छ । प्रदेशसभामा एकल बहुमत रहेको एमालले वाम गठबन्धनबाट पनि प्रदेशको मुख्यमन्त्री र सभामुख दुवै पद पाएको छ ।

प्रदेशसभाको सभामुखमा एमाले उम्मेदवार विजयी हुने निश्चित छ । एमालेले जेष्ठ सदस्यको हैसियतले सभामुखको भूमिका निर्वाह गरिरहेका डोरमणि पौडेलनै उम्मेदवार बनाउने तयारी गरेको एमाले स्रोतले जनाएको छ ।

पौडेल सभामुख भएमा वाम गठबन्धनबाट उपसभामुख पाएको माओवादी केन्द्रले महिला उम्मेदवार खडा गर्नुपर्नेछ ।

माघ १८ गते, २०७४ – १४:१९ मा प्रकाशित