प्रदेश नम्बर ३ को पहिलो सभा सकियो: यस्तो छ निर्णय, कसले के भने ?

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, माघ १८, २०७४

काठमाडौँ

प्रदेश नम्बर ३ को पहिलो प्रदेश सभा बैठकले आगामी माघ २७ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ ।

हेटौंडास्थित मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा बसेको प्रदेश सभा बैठकले माघ २७ गते सभामुखको निर्वाचन मिति तोकेको हो । प्रदेश सभाको अर्को बैठक पनि २७ गते नै बस्ने भएको छ ।

जेष्ठ सदस्य डोरमणि पौडेलले अध्यक्षता गरेको बिहीबारको पहिलो प्रदेश सभामा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, माओवादी केन्द्रका शालिकराम जमरकट्टेल, विवेकशील साझाका रमेश पौडेल, नयाँ शक्तिका प्रेम तामाङ, नेमकिपाका सुरेन्द्र गोसाई, राप्रपा प्रजातान्त्रिकका रिता गुरुङ, राप्रपाका रिता माझीले बोल्दै ३ नम्बर प्रदेशलाई समृद्ध प्रदेश बनाउने संकल्प गरेका थिए ।