माओवादीलाई लाग्यो धक्का, प्रभावशाली नेता झक्कु सुवेदी र लेखनाथ न्यौपानेद्वारा राजिनामा

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, माघ १७, २०७४

काठमाडौँ

नेकपा माओवादी केन्द्रका दुई प्रभावशाली नेता झक्कुप्रसाद सुवेदी र लेखनाथ न्यौपानेले पदबाट राजीनामा दिएको खुलासा भएको छ । माओवादी केन्द्र प्रदेश नम्बर ३ का संयोजक समेत रहेका नेता सुवेदीले राजिनामा पत्र केन्द्रीय कार्यालयमा पेश गरेका छन् ।

यस्तै काठमाडौं जिल्ला इन्चार्ज लेखनाथ न्यौपानेले पनि जिम्मेवारीबाट राजिनामा दिएका छन् । उच्च माओवादी स्रोतका अनुसार सुवेदी र न्यौपानले एक महिना पहिले नै प्रचण्डसामु राजिनामा बुझाएका थिए । तर यो कुरा गोप्य राखिएको थियो ।