प्रधानन्याधीश पराजुलीको पद खुस्कीयो, नागरिकता माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन !

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, माघ १७, २०७४

काठमाडौँ – प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई मार्ने धम्की दिएको भन्दै अधिवक्ता सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सुरक्षा माग्दै निवेदन दिएका छन् । बुधबार बिहान सिडिओ कार्यालय गएर भण्डारीले निवेदन गरेका हुन् ।

 

त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधान्यायाधीश पराजुलीकाबारे उठाएका प्रश्नको मुद्दामा वहस पैरवी गरेकोप्रति प्रतिशोध साँधेर आफूमाथि बेलाबेलामा धम्की आएको भण्डारीले निवेदनमा उल्लेख गरेका छन् ।

पराजुलीले ज्यान मार्ने धम्की दिएको प्रमाणित भएमा उनी जेलसमेत जानसक्ने छन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै डा गोविन्द केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दर्ता गरेका छन् । केसीले बुधबार बिहान बबरमहलस्थित कार्यालय पुगेर निवेदन दर्ता गरेका हुन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै डा गोविन्द केसीले जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा निवेदन दर्ता गरेका छन् । केसीले बुधबार बिहान बबरमहलस्थित कार्यालय पुगेर निवेदन दर्ता गरेका हुन् ।