यी हुन् माओवादीबाट प्रदेशसभा सभामुखका उम्मेदवार (नामसहित)

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, माघ १६, २०७४

काठमाडौँ

वाम गठबबनधनको संयुक्त कार्यदलमा भउको सहमति अनुसार नेकपा माओवादीले मुख्यमन्त्री भन्दा सभामुख बढी पाउने भएसँगै सभामुखका लागि माओवादी नेताहरुको दौडधुप सुरु भएको छ ।

नेकपा एमालेमा र माओवादी केन्द्रबीच भएको सहमति अनुसार प्रदेश ४ र ५ मा सभामुख, प्रदेश ६ र ७ मा मुख्यमन्त्री माओवादीले पाउने भएको छ । त्यस्तै ४ वटा उपसभामुख माओवादीको भागमा परेका छन् भने मन्त्रीका लागि भने ७० र ३० को भागबण्डा भएको छ ।

यतिबेला सभामुख हुन प्रदेश ४ नेताहरुले लविङ सुरु गरेको छन् । प्रदेश ४ मा काँस्की ३ ‘क’ बाट निर्वाचित रामजी प्रसाद बराल सभामुखका आकांक्षि छन् । त्यस्तै तनहुँ २ ‘क’ बाट निर्वाचित आशा कोइराला, समानुपातिक तर्फबाट निर्वाचित गायत्री गुरुङ पनि सभामुखका लागायत चर्चामा छन् ।

यस्तै तनहुँ १ ‘ख’ का बाट निर्वाचित हरि बहादुर चुमान, कास्की १ ‘क’ बाट निर्वाचित माओवादीका दीपक कोइराला पनि सभामुख बन्ने दौडमा छन् । पर्वत ‘क’ बाट निर्वाचित नेत्र अधिकारीलाई पनि सभामुखका प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

त्यस्तै स्याङजा ‘क’ का सांसद दिपक थापा पनि सभामुखका उम्मेदवार मानिएका छन् ।