‘अहिले नै आशु नसक्नुस प्रचण्ड कमरेड, एमालेसँग एकता गरेकै दिनदेखि जिन्दगीभर रुनुपर्नेछ’ ! [ भिडियो रिपोट ]

कृष्ण बहादुर तामाङ प्रकाशित : बिहिबार, माघ ११, २०७४

काठमाडौँ – किन रोएको प्रचण्ड कमरेड ? हाँस्दाहाँस्दै रुनुपर्छ- रुँदारुँदै हाँस्नुपर्छ – कमरेड प्रचण्ड म भन्छु एमालेसँग एकता गरेकै दिनदेखि कमरेड प्रचण्डले जिन्दगीभर रुनुपर्नेछ ।

 

२०५२ फागुन १ गते देखि तत्कालिन नेकपा माओबादीले सुरुवात गरेको नेपाली जनयुद्धको कारण सहिद हुने सुरक्षाकर्मी, राजनीतिक दलको नेता कार्यकर्ता, सहिद परिवार, जनयुद्धको कारणले घाईते भएको परिवार र घरबारविहीन भएकाहरूले यो भिडियोलाई श्यार गर्नुहोस् र नेपाली जनयुद्धको औचित्य माथि गम्भीर प्रश्न सोध्नुहोस् ।

 

काठमाडौं : हाँस्दाहाँस्दै रुनुपर्छ – रुँदारुँदै हाँस्नुपर्छ भन्ने कमरेड पुष्पकमल दाहाल “प्रचण्ड”ले एमालेसँग एकता गरेकै दिन देखि सधैं रुनुपर्नेछ ।

 

यो भिडियोमा कमरेड पुष्पकमल दाहाल “प्रचण्ड” र सिता दाहाल दुवै जना रोइरहेको देखिन्छ । कमरेड प्रचण्ड हातमा रुमाल लिएर आफ्नै आँसु पुछिरहेको देखिन्छ ।

 

तत्कालिन नेकपा माओबादीले २०५२ साल फागुन १ गते देखि सुरू गरेको नेपाली जनयुद्धको कारण लाखौँ नेपाली जनताले यसरि नै आँसु बगाएको थिए ।

 

कमरेड प्रचण्डले महेन्द्रको गर्भबाट जन्मेको दक्षिणपन्थी एमाले नामधारी राजनीतिक दलसँग एकता गर्नु नै थियो भने १७ हजार नेपाली जनताको ज्यान जानेगरि, लाखौं नेपाली जनताको घरबार उठिबास हुनेगरि, हजारौं नेपाली नागरिक बेपत्ता हुनेगरी, लाखौं बालबालिका टुहुरा हुनेगरी र खरबौं रुपैयाँको जनधनको क्षति हुनेगरी १० बर्ष सम्म गरेको नेपाली जनयुद्धको औचित्य के ? ।