सिरहामा चुनाव हारेपछि एमाले उम्मेदवारद्वारा आत्महत्या

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, अशोज ५, २०७४

pashupati

 स्थानीय तहको निर्वाचनअन्तर्गत सिरहामा चुनाव हारेका नेकपा एमालेका एक जना उम्मेदवारले आत्महत्या गरेका छन् ।

सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले दिएको जानकारी अनुसार सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा एमालेतर्फबाट वडाध्यक्षका उम्मेदवार श्रीदेव सिंह दनुवारले आज आत्महत्या गरेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।