नक्कली आइडी खोलेर कांग्रेस नेता महतको बदनाम गर्दै अरिंगालहरु

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, असार २८, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ-फेक एकाउन्ट खोलेर केही व्यक्तिहरु नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. रामशरण महतको बदनाम गर्न थालेका छन् ।

डा. महतको नामबाट नक्कली ट्विटर एकाउन्ट खोलेर जथाभावी कुराहरु शेयर र पोष्ट गर्न थालिएको छ । यस कुराले नकारात्मक सन्देश फैलिएको भन्दै डा. महतले त्यस्तो नगर्न आग्रह गर्दै ट्विट गरेका छन् । उनले आफ्नो नामबाट नक्कली अकाउन्ट खोलेर जथाभावी लेख्ने काम बन्द गर्न आग्रह गरेका छन् ।


आफ्नो ट्विटर एकाउन्ट मार्फत डा. महतले नक्कली एकाउन्टबाट जथाभावी लेखेर आफ्नो बदनाम गर्ने गिरोह सक्रिय भएको बताएका छन् । यो कार्यमा सत्तारुढ दलका कार्यकर्ताहरु संलग्न रहेको अनुमान गरिएको छ ।