केपीको वाररुममा गगनविरुद्ध खतरनाक खेल, रिमालका ‘अरिंगाल’ परिचालन !

मिडिया डबली प्रकाशित : शुक्रबार, असार २७, २०७६

http://www.nepatop.com.np/

काठमाडौं- पछिल्लो हप्ता नेपाली कांग्रेसका नेता गगन थापालाई अमेरिकी सुत्र भनेर आरोप लगाएर समाचार सार्वजनिक भएको थियो। उक्त समाचार अहिले भन्दा १२ बर्ष पहिले , नेपालमा भएको अमेरिकि दुतावासले आफ्नो मुख्यालयलाई गरेको ईमेललाई विकिलिक्सले सार्बजनिक गर्ने क्रममा बाहिर आएको डकुमेण्ट हो । यो २०६८ भदौ देखी नै ‘पब्लिक डोमेन’ मा उपलब्ध थियो । गुगल गर्दा भेटिने सामाग्रिलाई ‘ब्रेकिङ न्युज’का रुपमा प्रस्तुत गरियो ।

पछिल्लो समयमा सराकरी संयन्त्र गगन थापा लगायत कांग्रेसका केहि नेताको चरित्र हत्या गर्ने प्रयासमा आफ्ना कार्यकर्ता एवं नजिकका पत्रकारहरुलाई निर्देशन दिने गरेको श्रोतले बताएको छ। सराकर बिरुद्ध कडा टिप्पणी एवं प्रश्न गर्ने गरेका थापा पहिलो निशानामा परेका छन्।

प्रधानमन्त्रीका सल्लाहकारहरु आफ्ना कार्यकर्ता प्रति गगनलाई तह लगाउन नसकेको भन्दै असन्तुष्ट रहेका छन्। यसरी अनेक किसिमको प्रपोगण्डा गर्दा पनि गगनलाई कुनै असर नपरेको देखेर ‘अमेरिकी सुत्र’को आरोप लगाइएको छ। उनलाई अमेरिकी दुतका रुपमा प्रस्तुत गर्न खोजिएको छ।

समाचार यस्तो थियो:

समाचारमा पुस्टी गर्न खोजिएको छकी गगन अमेरिकी दुताबासलाई गोप्य सुचना दिन्छन अर्थात गगन गर्न नहुने काम गर्छन । त्यसपछी यो समाचारलाई सरकारी टोलिले चलाउने अनलाईनहरुमा छ्यापछयाप्ती पारियो र सामाजिक सञ्जाल संगठित तरिकाले प्रचार गर्ने उद्योग नै चलाइयो ।तर एकछिन ध्यान दिएर पढना साथ अलिकती सुझबुझ राख्ने पाठकले यो समाचार कति प्रायोजित छ भन्ने सजिलै बुझ्न सकिहाल्छ ।

एक पटक समाचारलाई नियालौ,

पहिलो कुरा,समाचारमा प्रमाण सहित खुलासा भनेर यसरी प्रस्तुत गरिएको छ की मानौ गोप्य दस्तावेज पत्ता लाग्यो । तर रमाइलो कुरा के छ भने यो आज भन्दा १२ बर्ष पहिले , नेपालमा भएको अमेरिकि दुतावासले आफ्नो मुख्यालयलाई गरेको ईमेललाई विकिलिक्सले सार्बजनिक गर्ने क्रममा बाहिर आएको डकुमेण्ट हो । यो २०६८ भदौ देखी नै ‘पब्लिक डोमेन’ मा उपलब्ध थियो । गुगल गर्दा भेटिने सामाग्रिलाइ हाल आएर यसरी प्रसारीत गरिएको छ, मानौ कि निकै ठुलो ब्रेकिङ न्युज’ आयो । हेर्नुस दस्तावेजको विस्तृत बिवरण :
https://wikileaks.org/plusd/cables/08KATHMANDU252_a.html

‘5. (C) Gagan Thapa, the former head of the student wing of Prime Minister Koirala’s Nepali Congress, told Emboff March 3 that the NC’s failure to include young people in its PR and FPTP lists had cost it the support of a generation. (Note: Over 50 percent of Nepal’s voters are age 18 to 35, according to Youth Initiative General Secretary SudyumnaDahal. End’

दोस्रो पक्ष, त्यो दस्तावेजमा गगनलाई ‘कि कन्ट्याक’ भनिएको र यो भनेको मुख्य आरोपी हो जसरी प्रमाणीत गर्न खोजिएको छ ।

‘Gagan Thapa, a key Embassy contact in the Prime Minister’s Nepali Congress (NC), told post he expected the NC would perform poorly in the polls.’

तर रमाइलो कुरा के छ भने तिनै दस्तावेजमा थुप्रै नेताहरुलाई अझ ‘क्लोज एम्बेसी कन्ट्याक’ का रुपमा उल्लेख गरिएको छ। जस्तै हेरौं भिम रावललाइ ‘ भनिएको क्लोज कन्ट्याकको अंश https://wikileaks.org/plusd/cables/09KATHMANDU692_a.html

समाचार बारेमा हामीले गगन थापालाइ सोध्यौ, तपाइको बारेमा यस्तो समाचार आएको छन नि त ?

गगनले हास्दै भने, केही महिना अगाडि म जापान सरकारको निम्तोमा जापनिज राजदूतको व्यवस्थापनमा एक सदस्यीय उच्च स्तरीय भ्रमण गरेर आए । एक साता अघि १० जनाको टोली लिएर चीन गएर आए ।२ दिन पछि बेलायत जादै छू, यही महिनाको अन्त्यमा भारत जादै छु ।

यसरी मेरो भ्रमण भै रहन्छ र यस्तो भ्रमण मा जादा त्यो देशको राजदुत, राजानितिकर्मि, सरकारी पदाधिकारी सग भेट हुन्छ । नेपाल मै पनि सामान्यता कुनै देशबाट डेलिगेसन वा उच्चस्तरीय भ्रमण आउदा म सायदै छुट्छु होला ।

यसरी सधै मलाई बोलाउनुमा नेपाली काँग्रेसको सदस्य साथसाथै नेपाली राजनीतिमा क्रियाशिल एक युवा प्रतिनिधिको धारणा सुन्नका लागि होला भन्ने मलाइ लाग्छ । यहाँको राजदूतहरुसँग पनि मेरो भेट हुन्छ । कुराकानी भइराख्छ ।

त्यो अबसरमा देश र पार्टी का विषयमा विचार आदान प्रदान हुन्छ । यस्तो भेटको बारेमा पार्टि र ससदलाई आवश्यक सन्दर्भ अनुसार जानकारी गराउने गर्छु र भेटमा के भन्नुहुन्छ, हुदैन भन्ने बारेमा, मेरो सिमारेखाको बारेमा र मर्यादाको बिषयमा सधै सचेत छु र रहन्छु ।

बरु,यो समाचार पछि दुताबासलाइ र राजदुतलाई सोध्नु पर्नेछ, किन कि कन्ट्याक भनेको ? यदि सम्पर्क गर्न खोज्दा भेटिने वा केहि पटक भेट भएको आधारमा ‘कि कन्ट्याक’ भन्ने हो भने त म थुप्रै देशको दुतावासको ‘कि कन्ट्याक’ लिष्टमा छु होला । ति कुनै पनि राजदूतवासले सम्बन्धीत मुख्यालय वा मन्त्रालयलाइ गरेको पत्रचार गर्दा चिनाउदै गर्दा ‘कि कन्ट्याक’ हो हामीले भेटिरहने मान्छे हो भनेर लेख्लान । अब यो समाचार लेख्नेहरुको अनुसार म त नेपालमा जापानिज, चाइनिज, इण्डियन लगायत थुप्रै देशको एजेण्ट हुने भए नि त ।

यो समाचारले जे गोप्य दस्तावेज पत्ता लाग्यो भनेको छ त्यो त आज भन्दा ८ बर्ष पहिले नै विकिलिक्सले सार्बजनिक गरेको, अहिले पनि ‘पब्लिक डोमेन’ मा उपलब्ध गुगल गर्दा भेटिने सामाग्रि हाल ल्याएर हल्ला गरिएको छ । यसलाई सनसनिपूर्ण बनाईनुको राजनितिक षडयन्त्र र नियत त म बुझ्न सक्छु । तर यी कुराहरु’ बिद्धान साथीहरुले’ पत्याएको देख्दा चै हाँसो पनि उठ्छ र उदेक पनि लाग्छ ।

बिभिन्न पार्टीका नेताहरु पनि ‘क्लोज कन्ट्याक्ट’
तर रमाइलो कुरा के छ भने तिनै दस्तावेजमा थुप्रै नेताहरुलाई अझ ‘क्लोज एम्बेसी कन्ट्याक’ का रुपमा उल्लेख गरिएको छ। जस्तै हेरौं भिम रावललाइ ‘ भनिएको क्लोज कन्ट्याकको अंश https://wikileaks.org/plusd/cables/09KATHMANDU692_a.html

‘10. (SBU) Home Minister Bhim Rawal is a close Embassy contact and an experienced leader well-placed to oversee the police services.’

त्यस्तै प्रकाशशरण महतलाई पनि ‘क्लोज एम्बेसी कन्ट्याक्ट’ भनिएको छ ।
https://wikileaks.org/plusd/cables/09KATHMANDU692_a.html
‘Prakash Mahat is also a close Embassy contact.’

नेकपा एमालेका त्तात्कालीन महासचिब झलनाथ खनालको त बायोडाटा सहित ‘कि कन्ट्याक’ भनेर व्याख्या गरिएको छ।

https://wikileaks.org/plusd/cables/08KATHMANDU557_a.html
‘Khanal was born on March 20, 1950 in Ilam to a Brahmin family. He received a B.A. in Political Science from Tribhuvan University in 1969. He is married to Ravi Laxmi Chitrakar, a physics professor, and has one son. Khanal visited the United States in 1993 on an International Visitors Program. He speaks English well and is a close Embassy contact. Khanal has represented the UML at dinners the Norwegian Ambassador has hosted for select diplomats, including the U.S. Ambassador’

र वर्तमान सभामुख कृष्ण बहादुर महरालाइ त दुताबास संग प्रत्तक्ष काम गर्ने व्यक्तिका रुपमा उल्लेख गरिएको छ ।
‘Prachanda said he appreciated the clarification and recommended the party’s foreign affairs chief, and regular Embassy contact, Krishna Bahadur Mahara work directly with the Embassy.’

अझ यो लिष्टमा हेरौ, ‘कि मिनिष्टर’हरुको सुची । https://wikileaks.org/plusd/cables/09KATHMANDU692_a.html
1. ‘(SBU) Following is biographic information about key ministers in the current Nepali cabinet.
Bijay Gachhadar, Sujata Koirala, Bhim Rawal, Bidhya Bhandari, Surendra Prasad Pandey, Umakant Chaudhari, Rakam Chemjong, Prakash Sharan Mahat,’

यि केहि उदाहरण हुन, यहि पनि दर्जनौ नेताहरुको बारेमा यसै गरी ‘कि कन्टयाक’ ‘क्लोज कन्टयाक’, ‘रेगुलर कन्टयाक’ लेखेको पढ्न सकिन्छ । तत्कालीन विद्यार्थी नेता लेखनाथ न्यौपाने देखी प्रदिप पौडेल सम्म, वर्षमान पुन देखी डा.राजन भट्टराई सम्म सबैलाई रेगुलर , क्लोज, कि जस्ता शब्द प्रयोग गरिएको पाईन्छ। यसरी सजीलै अनुमान लगाउन सकिन्छ, दुताबासले भेटघाट गरेको सम्पर्क कुराकानी गरिरहेको व्यक्तीहरुलाई कि अथवा क्लोज भनेर सम्बोधन गरेको रहेछ।

तर रमाइलो कुरा यहि छ समाचार लेख्नेले यो केहि भन्दैन, त्यहि डकुमेण्टमा भएको गगनको मात्र नाम निकाल्छ र यसरी भन्छ मानौ अरु ‘कि कन्टयाक’हरु केहि होइनन, त्यो गगनलाई भनिएको ‘कि कन्टयाक’ चाहि खतरनाक एजेण्ट हो ।

तेस्रो कुरा, गगनले त्यतिबेला गरेको कुराकानी भनि राखिएको बिबरण हेरौ ।
‘NC Harmed By Lack of Young Candidates ————————————- 5. (C) Gagan Thapa, the former head of the student wing of Prime Minister Koirala’s Nepali Congress, told Emboff March 3 that the NC’s failure to include young people in its PR and FPTP lists had cost it the support of a generation. (Note: Over 50 percent of Nepal’s voters are age 18 to 35, according to Youth Initiative General Secretary SudyumnaDahal.’

यो कुरा त त्यतिबेला गगन पार्टिका सबै फोरमहरु र भेटघाटमा भन्दै हिडेको भेटिन्छ । जुन कुरा त्यसरी सार्बजनिक रुपमा भनिन्छ त्यो कुरा कसरी गोप्य भयो । अझ रमाइलो कुरा त त्यहि दस्तावेजमा भेटिन्छ । प्रचण्डले यसो भने माधब नेपालले यसो भने देखी सबै पार्टिका युवा विद्यार्थी नेताहरु सम्मका विश्लेषण भेटिन्छन र यो सुची लामो छ ।
https://wikileaks.org/plusd/cables/09KATHMANDU1174_a.html

‘Prachanda said he appreciated the clarification and recommended the party’s foreign affairs chief, and regular Embassy contact, Krishna Bahadur Mahara work directly with the Embassy.
The Maoist chairman appeared to be unfamiliar with the bombing of the American Center, but he responded that he authorized senior Maoist leader Barsha Man Pun to address these issues to the satisfaction of the Embassy. (See Ref B on the last round of talks between the Deputy Chief of Mission and Pun.) Amb. Blake and Charge d’Affaires Randy Berry explained that we still expect the Maoists to make an admission of guilt to the families of the guards and to the National Human Rights Commission. Lastly, the Maoists need to remain engaged in the peace process. It is now up to the Maoists to act.’

‘Anil Jha, General Secretary of the Sadbhavana Party, told post the Maoist leaders are in “great tension.” He said the Maoists want to show they can bring the government to a standstill, but the government would try to curb the Maoists’ actions to prove they are capable of maintaining order.’

सरकारी अनलाईन यति हुस्सु छ भनौं वा वद्नियत पूर्वक लाग्दा अन्त आखानै देख्दैन कि गगनले गरे जस्तो सार्बजनिक कुरा होईन, वास्तवमै शिर्ष नेतृत्वले गरेका गम्भिर विषय तर्फपनि नजरअन्दाज गर्दछ। तर हामीले भेट्यौं ; वर्तमान प्रधानमन्त्री के.पी शर्मा ओलीले त तत्कालीन अवस्थामा उप-प्रधान तथा परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालीरहेकै बेलामा सरकारले तयार गर्ने क्रममै रहेको उत्तर कोरिया र आणबिक अष्त्र सम्बन्धि गोप्य पत्र बारे गरेको रिपोर्टिङ यस्तो रहेको छ। प्रधानमन्त्रीले अनुमोदन नगर्दे एम्बेसीमा रिपोर्टीङ गर्ने वर्तमान प्रधानमन्त्रीको त्यतीबेलाको चर्तिकला त सरकारी अनलाईने देख्ने त कुरानै भएन।

https://wikileaks.org/plusd/cables/06KATHMANDU2679_a.html

‘B. KATHMANDU 2644 Charge delivered points on the U.S. reaction to the North Korean nuclear test announcement (ref A) to Deputy Prime Minister and Foreign Minister KP Sharma Oli October 10. Oli reiterated the Government of Nepal’s (GON’s) position on combating proliferation of weapons of mass destruction and stressed that Nepal shared U.S. concerns over North Korea’s recent actions. Oli said he had already drafted a GON statement condemning the test, which was awaiting the Prime Minister’s approval. DEAN’

यि माथि खुफिया भनिएका डकुमेन्टहरु सबै https://search.wikileaks.org/ यसमा गएर हेर्न सकिन्छ।

सबै भन्दा रमाईलो त यो छ कि , गगनलाई फसाउने दाउमा रहेका प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालको रिपोर्टिङ त गगनको प्रशंग संगै उल्लेखित पृष्ठमा छ । अझ संगै रहेको गगन थापाको अंश मात्रै राखेर विष्णु रिमालको कुरा काटेर प्रस्तुत गरिएको हिसाबले थहा हुन्छ कति नियोजित छ यो खबर ।

https://wikileaks.org/plusd/cables/09KATHMANDU999_a.html
‘Gagan Thapa, a CA member from the Nepali Congress, told Emboff the Maoists want to use the protests as a bargaining tool and not become violent.Bishnu Rimal, a CA member from the United Marxist-Leninist (UML) and president of the General Federation Nepalese Trade Unions, said he did not expect the Maoists to create havoc as they have done in the past, but they would successfully carry out blockades.’

तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालको सल्लाहकार र वर्तमान प्रधानमन्त्री के.पि ओलीका समेत सल्लाहकार डा.राजन भट्टराई को विवरण यस्तो रहेछ।

https://wikileaks.org/plusd/cables/09KATHMANDU982_a.html

5. (C) Charge told Bhattarai that the U.S. Government opposes the promotion of Singh. Based on our understanding of the Nepal Army, Singh must have been aware of the killings that took place at Maharajgunj Barracks. Charge warned that many people in the United States, including key congressional leaders, were watching the Singh promotion carefully and that Prime Minister Nepal’s decision would impact his image abroad. Bhattarai agreed to pass on the message, and said he did not expect the Prime Minister to take action on the Singh promotion “anytime soon.”

गगनले २०६४ को संविधानसभा चुनाब हाम्रो पार्टीका लागी चुनौतिपूर्ण छ भनेको कुरालाई अतिरंजित गरिन्छ तर के.पी ओली लगायतका शिर्ष नेताले गरेको गम्भिर अरु गम्भिर कुरा प्रति नजर अन्दाज गर्नुले यो समाचार कति प्रायोजित छ भन्ने कुरामा प्रष्ट हुन सकिन्छ।

यतिले मात्र गगन थापालाइ ड्यामेज गर्न सकिदैन भनेर टोलीले भर्खरै हार्वड विश्वविद्यालयमा वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा लिएको १५ दिने कोर्सको फोटोलाइ समेत फरक अर्थ लगाईएको छ ।

गगन केही समय अगाडि अमेरिकाको हार्वड विश्वविद्यालयमा पढ्न गएका थिए । अमेरिकि दुतावासले आफ्नो देशको प्रतिष्ठित विश्वविद्यालयमा नेपालको एक प्रभावशाली नेता पढ्न गएको विषयलाइ प्रचारप्रसार गर्न गगनको फोटो सामाजिक संजालमा राखेर वधाई दिएको थियो , जसलाई सामान्य कुरा लिन मानिन्छ।

यसमा अमेरिकन सहयोग भने रत्तिभर पनि थिएन । तर नियोजित अनलाइन लेख्छ, यो सबै खर्च अमेरिकि दुतावासले गरेको हो । वर्ल्ड इकोनोमिक फोरमले ससारभरी बाट प्रत्येक बर्ष ससारलाइ प्रभावित गर्न सक्ने क्षमता भएको भनेर केहि युवाहरुलाइ योङ ग्लोबल लिडरको रुपमा छनौट गर्छ, २०१५ मा गगन छानिएका थिए ।

योङ्ग गोल्बल लिडरले आफ्नो सदस्यहरुलाइ मात्र उपलब्ध गराउने छात्रवृत्ति हार्वड, क्याब्रिज, अक्सफोर्डजस्तो विश्वविद्यालयहरुमा प्रख्यात कोर्स गराउने गर्दछ । हार्वडमा गगनले पढेको कोर्स पनि त्यही मध्येको रहेको कुरा वर्ल्ड इकोनोमिक फोरमको वेवसाईटको यो लिङ्कमा https://wappp.hks.harvard.edu/young-global-leaders-global-leadership-and-public-policy-21st-century गएर सजिल्यै हेर्न सकिन्छ। गगन हार्वड पढ्न जानलाइ अमेरिकि दूतवासको वा अमेरिकन सरकारको कुनै संलग्नता र सहयोग छैन ।

जसरी हुन्छ गगन र विश्वप्रकाशलाई ठीक पारौं !

प्रधानमन्त्रीका प्रमूख सल्लाहकार विष्णु रिमालले आफ्नै कार्यकक्षमा प्रधानमन्त्रीका सचिवालयका केही सदस्य तथा पत्रकार भनिने केही प्रधानमन्त्रीका कोर टिमका सदस्यहरुलाई बैठक बोलाएका थिए । बैठकमा कुनै भुमिका नबाधी रिमालले भनेछन, गगन र विश्वलाइ ठीक पार्न पर्यो । यिनिहरुको चुरिफुरी धेरै भो, अझै यो गगनको त हदै भो ।

रिमालले उक्त दिनको छलफलमा भनेका थिए, कुरा बुझ्नुस प्रधानमन्त्रीको स्पष्ट निर्देशन छ यी उरेन्ठेउलाहरुलाइ छिटै तह लगाउनु पर्यो। गगन थापालाइ ड्यामेज गराउन किन सकिरहेका छैनौ ?हाम्रै पार्टीका पनि केही आफै बुज्रुक ठान्नेहरुलाइ पनि साईजमा लाउनु छ, तिनिहरुलाइ विस्तारै ठेगान लगाउदै जाउला सवैभन्दा पहिले गगनलाइ ठेगान लाउनु पर्यो ।

गगनसँग प्रधानमन्त्रीको टिम रिसाउनुको कारण धैरै छन,उनले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्व संसदमा गर्ने तर्कसंगत र जोडदार प्रस्तुति नै मुख्य हो ।

यतिबेला पारो तात्नुमा खास त्यही दिन थियो फलफुल-तरकारीको विषादी परिक्षण कार्य स्थगनको विषयमा संसदमा कुरा राख्दै गगन थापाले प्रधानमन्त्रीलाइ प्रश्न गरेका थिए,’घुडामा कत्रो भ्वाङ पर्यो प्रधानमन्त्री ज्यू, ? त्यसो त बिरोधी उपर रिमालले झ्वाक फेर्दै त्यसको एक दिन पहिले सरकारको विरुद्वमा लाग्नेहरुलाइ सामाजिक संजालमा‘छौंडाहरु …’ भनेर लेखेका थिए, जुन कुराको सर्वत्र आलोचना भइरहेको थियो ।

विष्णु रिमालका कुरा सुनेर कोठामा जम्मा भएका मध्ये एक जनाले भने, हामीले प्रत्येक दिन गगनका बारेमा केही न केही फण्डा बनाएर छापिरहेका छौ नी । प्रतिउत्तरमा विष्णु रिमालले भने तपाइहरुले छापेको समाचारले केही लछारपाटो लगाउन सक्नुभएन, त्यो पुण्य गौतम मार्काले भएन । त्यस पछि त्यही कोठामा भएका एक जनाले भने त्यसो भए यसो गरौ ।

गगनका बारेमा मैले केही कुरा खोजेर राखेको छु । यस्तै बेलामा काम लाग्ला भनेर, यी हेर्नुस भनेर उनले आफ्नो ल्यापटप देखाए । ‘गज्जब हुन्छ, अघि बढनुस आजै गर्नुस’ रिमालले भने र बैठक सकियो ।