ओली सरकारविरुद्ध नेविसंघले गर्यो मसाल जुलुस [ तस्बिरहरु ]

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, असार २६, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले चाबहिलमा मसाल जुलुस निकालेको छ । कांग्रेसप्रति सरकारका अभिव्यक्ति गैरजिम्मेवार भएको, विषादी परीक्षण नगरी तरकारी भित्र्याउन लागिएको भन्दै नेविसंघले मसाल जुलुस निकालेको हो ।

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको अगुवाइमा राजधानीको बालाजु चोकबाट निकालिएको मसाल जुलुस बालाजु चौकी नजिक गएर समापन भएको थियो ।

नेबिसघको मसाल जुलुसमा बाइपास बाट बालाजु चोक पुगेपछि प्रहरीले हस्तक्षेप गर्दापक्राउ पर्ने निवर्तमान केस सुशील भट्ट,बिद्यार्थी नेताहरु निरन्जन थापा,पवन थापा , सुबास घिमिरे,सुदिप अधिकारी,बिजय ढुङ्गना,मनोज राना,सौरब घिमिरे,सन्देश पन्त,सुशील ढकाल,प्रदिप जङ साह,अमृत लामिछाने,उत्सब अवस्थी,अनिल महर्जनलाई बालाजु प्रहरी बृतमा राखेको छ ।

यस्तै नेविसंघका पूर्वसहमहामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वमा ओम अस्पताल अगाडिबाट निस्किएको मसाल जुलुस चाबहिल चोकसम्म पुगेको थियो । नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्लेले घोषणा गरेको पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत नै चाबहिलमा मसाल जुलुस निस्किएको हो । उपत्यकाका ११ स्थानमा आज मसाल जुलस निस्किएको हो । शुक्रबार नेविसंघले सरकारविरुद्ध माइतिघरमा विरोधसभामा गर्ने भएको छ ।