कांग्रेस प्रबक्ता शर्माको ओलीलाई काउन्टर प्रश्न : `लगाम´ उपहार पठाउं कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, असार २६, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – प्रमुख प्रतिपक्षि दल  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्विट मार्फत कडा जबाफ फर्काएका छन् । उनका मन्त्रीले ‘दिनभर बिपी, रातभर विप्लव नै कांग्रेसको नीति हो ?’ भन्ने प्रश्न गरेपछि प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई (लगाम) उपहार पठाउं कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ? भन्ने प्रश्न गरेका हुन् ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कांग्रेसले सरकारको आलोचनाका नाममा गलत बाटो लिएको भन्दै ‘कांग्रेसको शान्ति एउटा तारा र लोकतन्त्रको अर्को तारा कता हरायो ? हिंसा र निषेधको राजनीतिलाई सँगै लाने कांग्रेसको कस्तो दृश्य ?’ भनेका थिए ।

सरकारका प्रवक्ताको उत्तर दिदै बिहिबार कांग्रेस प्रवक्ता शर्माले ट्विट गर्दै भने,’प्रधानमन्त्रीनै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा तब कुनै (फोटोकपी) मन्त्रीसंग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलिको जवाफ दिंदै हिंड्नु उचित हुन्न । भनाइ छ हलेदो भनेर चिनिसकेपछी धेरै कोट्याउनु हुन्न ! (लगाम) उपहार पठाउं कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?’

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले बेला बेलामा बोलेका कुरा पार्टी भित्रै तथा सामाजिक सञ्जालमा चर्को आलोचना हुदै आएको छ ।