श्यामशरणसँग प्रचण्डको गोप्य भेट, ढिलो गरि सुइँको पाएका ओली झस्किए

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, असार २६, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ –सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय बढेको मतभेदको कारण खुलेको छ ।

प्रचण्डले भारतका पूर्वविदेश सचिव श्यामशरणसँग काठमाडौँमा गोप्य भेटवार्ता गरेको ओलीले थाहा पाएपछि दुई अध्यक्षबीच मतभेद चुलिएको खुलासा भएको हो ।

भारतका पूर्वविदेश सचिव श्यामशरणले असारको दोस्रो साता काठमाडौँ आएर प्रचण्डसँग भेटवार्ता गरेको विषयले बालुवाटारमा खैलाबैला मच्चिएको छ ।

असार दोस्रो साता दिल्लीबाट काठमाडौँ झरेका श्यामशरणले खुमलटास्थित निवासमै पुगेर प्रचण्डसँग भेटवार्ता गरेको विषय सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन् ।

प्रचण्डसँग कुराकानी गरेर श्यामशरण सोही दिन नै दिल्ली फर्किएको समाचारहरुमा उल्लेख छ ।

प्रचण्ड र श्यामशरणको यो ‘गोप्य’ भेटबारे प्रधानमन्त्री ओलीले केही दिनसम्म सुइँकोसमेत पाएनन्। जब थाहा पाए त्यसपछि शसंकित बनेका ओली र प्रचण्डबीच मतभेद चुलिएको हो ।

यो विषयपछि प्रधानमन्त्रीको ‘कोर’ टिमका सदस्यद्वय विष्णु रिमाल र राजन भट्टराईले सरकारविरूद्ध भित्री बाहिरी शक्तिहरूले चलखेल गरेको भन्दै सामाजिक सञ्जालमा स्ट्याटस समेत लेखेका थिए।

पछिल्लो समय सरकारको नेतृत्वमा आलोपालो गर्ने र पार्टीभित्रको शक्ति सन्तुलनका विषयमा ओली र प्रचण्डबीच मतभेद छ। उनीहरुले सार्वजनिक मञ्चबाटै एक अर्काप्रति लक्षित अभिव्यक्तिहरु लगातार दिइरहेका छन् ।