भोजपुर भिडन्तपछि कांग्रेसले गर्यो हङ्गामा, बालुवाटारमा तरंग !

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, असार २५, २०७६

http://www.nepatop.com.np/

काठमाडौ- नेपाली कांग्रेसले शान्तिपूर्ण तवरबाट वार्ता र संवादमार्फत समस्याको समाधान गर्नुको साटो मुलुकलाई द्वन्द्वमा धकेल्न खोजेको भन्दै सरकार र विप्लव समूहसँग आक्रोश पोखेको छ ।

वार्ताबाट समस्याको समाधान गर्ने विकल्प त्यागेर मृत्युको समाचार बाँड्न दुवै पक्ष लागिपरेको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।

बुधबार बिहान प्रहरी र विप्लव समूहबीच गोली हानाहान हुँदा प्रहरी जनान सञ्जिव राई र विल्लव समूहका जिल्ला इन्चार्ज नरकुमार राईको मृत्यु भएको थियो ।

सो घटनापछि सामाजिक सञ्जाल ट्विटर मार्फत कांग्रेस प्रवक्ता शर्माले ‘कतिका सपना मारेर कस्तो देश बनाउने सपना लिनुभएको छ’ भन्दै महासचिव विप्लव र प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका हुन् ।

‘हामी जीवनको खबर खोज्दैछौँ, तपाईं र विप्लव मृत्युको समाचार बाँडिरहनु भएको छ । सन्जिव र निरकुमार दुवै राईभाई करोडपती आमाबाबुका छोरा थिएनन् । एक प्रहरी,अर्का विद्रोही युवा,आज यिसँगै यिनको परिवारको सपना मारिएको छ । कतिका सपना मारेर कस्तो देश बनाउने सपना छ यहाँ दुइसँग?’ शर्माले प्रश्न गरेका छन् ।