विषादी परिक्षण र सर्लाही घटनाको चित्तबुझ्दो जवाफ नआए सदन चल्दैन : कांग्रेस

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, असार २४, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ- प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परिक्षणको विषयमा सरकारले संसद र जनतालाई ढाँटेको तथा सर्लाहीको घटनामा प्रहरीले पक्राउ गरी विप्लव समूहका नेता मारेको विषयमा प्रतिनिधि सभामाकडा रुपमा प्रस्तुत हुने बताएको छ ।

मंगलबार ११ बजेका लागि डाकिएको प्रतिनिधि सभा बैठकमा कांग्रेसले विदेशबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परिक्षणमा कसैको दबाब नआएको दाबी सरकारका प्रधानमन्त्री र मन्त्रीले गरिरहेकैबेला भारतीय दबाबको पत्र नै सार्वजनिक भएपछि सरकारले सदन र जनतालाई ढाँटेको विषयमा कडा आपत्ति जनाउँदै जवाफ माग्ने तयारी गरेको जानकारी दिएको हो।

त्यसैगरी सर्लाहीमा दोहोरो भिडन्तको नाममा विप्लव समूहका जिल्लास्तरिय नेतालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि हत्या गरेको र सर्लाहीकै घटनामा अबैध ढुंगा, गिट्टी, बालुवा निकाल्दा बनेको खाल्डोमा एक बालक डुबेर ज्यान गएको विषयमा स्थानीयहरुको विरोधमा गोली चलाएर अर्को एकजनाको हत्या गरेको विषयमा पनि कांग्रेसले सरकारको जवाफ माग्दैछ।

‘यी दुबै विषय लगायत समसामयिक विषयमा आपूर्ति मन्त्रीले विषादी परिक्षणको विषय र गृहमन्त्रीले शान्ति सुरक्षाको विषयमा चित्त बुझ्दो जवाफ नदिए आजको सदन चल्न सक्दैन,’ कांग्रेसका एक नेताले बताए ।