पूर्वमन्त्री बलायर आयरल्याण्ड प्रस्थान

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, जेष्ठ ४, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिरबहादुर बलायर आयरल्याण्ड प्रस्थान गरेका छन्। नेपाली कांग्रेसको जागरण अभियान अन्र्तगत उनलाई पार्टीले आयरल्याण्ड पठाएको हो।

बलायरले त्यहाँ रहेका पार्टीसँग आवद्ध नेपालीहरूलाई पार्टीको साधारण सदस्यता प्रदान गर्नेछन्। यस्तै उनी विभिन्न कार्यक्रमहरूमा सहभागी हुने कार्यतालिका समेत रहेको छ।

त्रिभूवन अन्तर्राष्ट्रि विमानस्थल पुगेर नेता बलायरलाई नेपाली कांग्रेस डोटी काठमाडौं सम्पर्क समितिका अध्यक्ष दिर्घ बलायर नेतृत्वको टोलीले विदाई गरेको थियो।
नेता बलयारले आयरल्याण्ड प्रस्थान गर्दै आफूले त्यहाँ रहेका नेपालीहरू माझ संगठन विस्तार गर्नुका साथै नेपालमा लगानीका लागि आग्रह गर्ने बताएका थिए।