रातारात घट्यो पेट्रोल र डिजेलको मूल्य

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ३, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी एकाएक पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

आयोग प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टीतेलमा लिटरमा १ रूपैयाँ घटाइएको छ ।

नयाँ मूल्य पेट्रोलको १०९.५० र डिजेल र मट्टीतेलको ९७ रूपैयाँ प्रतिलिटर कायम गरिएको छ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ ।

इण्डियन आयल कर्पाेरेसनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको हो ।

समायोजनपश्चात् भारतको रक्सौलभन्दा नेपालको वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा १५.६७ र डिजेल १६.६४ प्रतिलिटर रूपैयाँले नेपालतर्फ सस्तो भएको छ ।