केपी ओली चढेको हेलिकप्टर उड्न जोखिम भएपछि आकस्मिक अवतरण !

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ३, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर आकाशमै हुँदा उडाउन जोखिम भएपछि भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ ।

कपिलवस्तु जान लागेको प्रधानमन्त्री चढेको हेलिकप्टर मौसमको खराबीका कारण शुक्रबार दिउँसो आकस्मिक अवतरण गरेको हो ।

उनी ४० मिनेट ब्यारेकमा रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिए । मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली कपिलवस्तु प्रस्थान गरेका छन् ।