आज मेघगर्जनसहित पानी हुने र हिमतपातको पनि सम्भावना !

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ १, २०७६

काठमाडौं – हावापानी र मौसममा देखिएको परिवर्तनसँगै देशका विभिन्न ठाउँमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरिएको छ ।

आज बुधबार पूर्वी र मध्य भू–भाग तथा पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य ठाउँमा भने मेघगर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशका पूर्वी र मध्य भू–भागका थोरै स्थानहरूमा र पश्चिमी पहाडी भू–भागका १–२ स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशभर आंशिकदेखि सामान्यसम्म बदली रही देशका पहाडी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको र उच्च हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।