ओलीको गृहजिल्लामा मलामीमै मृतक परिवारविच रामधुलाई

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख १७, २०७६

http://www.nepatop.com.np/

झापा– मानिसको मृत्युको घडिमा गाउँ, समाज स्तब्ध हुनुपर्ने हो । तर प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष खड्ग प्रसाद ओलीको गृह जिल्ला झापाको कमल गाउँपालिका १ स्थित किस्नेघाटमा मलामी बिच कुटाकुट भएको छ। लामो समयसम्मको अंश बिवादले मलामी अनि दाहसस्कार गरेकै ठाउँमै कुटाकुट भएको हो ।

मङ्लबार बिहान ८५ बर्षको उमेरमा रगुनन्द गौतमको मृत्युु भएको थियो। गौतम आफ्नो छोरा संग दमकमा बस्ने गर्दथे। करिव एक बर्ष अगाडि बिरामी भएर थलिएका गौतमलाई काईला छोरा (कुलेन्द्र)ले बेवास्ता गरेका कारण उनका साईला छोरा नरेन्द्र गौतमले कमल गाउ पालिका लिएर आएका थिए।

आर्थिक अवस्था कमजोर भएका साईला छोरा (नरेन्द्र) ले बाबुको जिउनी अंश बेचेर उपचार गर्ने सोच बनाएका थिए। तर उनलाई त्यो बेला आफ्नो सोचमा ठेस लाग्यो जब उनले थाहा पाए – उनको बाबुको जिउनी त काईलो भाईले छलकपट गरेर आफ्नो नाममा पारिसकेछ।

बाबुको जिउनी पुनः बाबुको नाममा फिर्ता गर्न भाईलाई आग्रह गर्दा समेत अटेर गर्यो, बाउलाई उपचार गर्दा मलाई उल्टै ऋण लागेको छ भन्दै काईलो भाई पन्छिन खोज्यो नरेन्द्रले बताए।

‘स्थानिय प्रकाश बाँस्कोटाले भने सरासर काईला दाईको गल्ती छ, झुक्याएर बाबुको जिउनी आफ्नो नाममा पारेको हुन, बाबू बिरामी हुदा समेत हेरेनन, गाउ समाज सबै नरेन्द्र दाईको पक्षमा छ ।’

बिहान ९:५४ मा रगुनन्दले यस धर्तीमा अन्तिम लास लिएका थिए। आफन्त नातागोताको पर्खाईले झन्डै ४ घन्टा ढिलो स्थानीय किस्नेघाटमा अन्तिम संस्कारको लागि लगियो।

आर्यघाटमै दमकमा बस्दै आएका काईला छोरा कुलेन्द्रले केटाहरु लिएर आएका थिए। उनले लिएर आएका केटाहरुले अचानक मलामीमा अपशब्द प्रयोग गरेर कुलेन्द्रको भतिजोलाई हात हालेपछी विवादले उग्ररुप लिएको थियो।

विवादकै क्रममा कुलेन्द्र र उनकी श्रीमतीले जेठानी दिदीलाई हात हालेर उपशब्द प्रयोग गरेका थिए।भाउजुलाई अपशब्द प्रयोग गरेको कारण नरेन्द्रले आफ्नै भाइ कुलेन्द्रलाई हात हालेको हुन, आर्यघाटमा केटाहरु लिएर आउने होरुझझ स्थानीय तुलसीराम दंगालले बताए।

उनी अगाडि भन्छ्न आजको जस्तो अवस्था त मेरो जिवनको भोगाईमा अहिले सम्म देखेको थिईन, सम्पत्तिले गर्दा आज बाबुको अन्तिम बिदाईमा दाजुभाइ बिच कुटाकुट भयो। यो कुलेन्द्र त शिक्षक हो, यसले आफ्ना विद्यार्थीलाई कस्तो संस्कार दिन्छ ? हाम्रो समाज कहाँ जादैछ उनले प्रश्न गरे ।