पाइलट विजय लामा निलम्बित

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, बैशाख १६, २०७६

http://www.nepatop.com.np/

काठमाडौं- नेपाल वायु सेवा निगमका प्रवक्ता क्याप्टेन विजय लामा निलम्बनमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनलाई स्पष्टीकरण सोधेको स्पष्टीकरण चित्त नबुझेको भन्दै निलम्बन गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाएसम्म लाइसेन्स निलम्बन गरेको जानकारीसहितको पत्र प्राप्त निगमले उनलाई निलम्बन गरेको हो ।

वायुसेवा निगमको बोर्डिङ भएको जहाजलाई उड्न नदिएको विषयलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका लामा कारवाहीमा परेका हुन् ।

नागरिक उड्डयन प्राधिकरणले प्रवक्ताबाट नहटे लामालाई जहाज उडानमा समेत प्रतिबन्ध गर्ने बताएको छ । लामाले प्रवक्ताको रूपमा मिडियामा नियामक र एटिसीका बारेमा कमेन्ट गरेको बताउँदै आएका छन्।