धनगढी जाँदै गरेको यात्रुबहाक बस दुर्घटना

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, बैशाख १४, २०७६

काठमाडौं – धनगढी जाँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ । काठमाडौँबाट धनगढी आउदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। काठमाडौँबाट धनगढी जाँदै गरेको ना ७ ख ५१८७ नम्बरको बस पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपीलवस्तुको वाणगंगा नगरपालिकाको चप्परगाउँमा दुर्घटना भएको हो।

दुर्घटनामा परि बसमा सवार १४ यात्रु घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था सामान्य रहेको र उनिहरुको स्थानीय सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

बसको गियर बक्स बिग्रेका कारण बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बस अनियन्त्रित भई ५० फिट दक्षिण सडक किनारमा पल्टेको छ।