पथरीमा भिड नियन्त्रण बाहिर, २ राउण्ड हवाई फायर

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख १०, २०७६

पथरी – ईलाका प्रहरी कार्यलय पथरी घेराऊ गर्न गएको भिडलाई तितरबितर पार्न प्रहरीले २ राउण्ड हवाई फायर गरेको छ । नगरपाकिला तालाबन्द्यी र घेराउपछि ईलाका घेर्न गएको भिडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । हवाइफायर पछि भिड तितरबितर भएको छ । शनिबारदेखि अशान्त बनेको पथरीशनिश्चरेका स्थानीय आन्दोलित भएका छन ।

बजार सहित पुर्बपश्चिम राजमार्ग बन्द गरेर स्थानीय आन्दोलित बनेपछि प्रहरीले ज्यादती गरेको भन्दै नगरपालिका तोडफोड गरेका छन । स्थानीयले नगरपालिकामा रहेको वडा नम्बर १ को कार्यलयमा ताला लगाएर आन्दोलन शुरु गरिरहेका बेला प्रहरीले ज्यादती गरेको र अपशब्द प्रयोग गरेको भन्दै उनीहरुले नगरपालिकाको गेट फोडी भित्रै नाराबाजी गरेका छन ।

दिनप्रतिदिन हत्या र हिंसा बढेको र प्रहरीले सुरक्षा प्रदान गर्न नसेकेको भन्दै सोमबार पथरीका स्थानीयले कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरेका थिए । श्निबार बिहान पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेतको नगन अबस्थामा शव भेटिएपछि पथरीबासी थप आन्दोलित भएका थिए । पथरीमा यसअघि पनि सोही प्रकृतिका ५ वटा घटना भईसकेका छन ।