मौसम भयंकर खराब : हावाहुरी र मेघगर्जनसहित देशभर वर्षा ! (विज्ञप्तिसहित)

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख ३, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – देशभर मौसम भयंकर खराब भएको छ । दिउँसो सामान्य रहेको मौसम एकाएक खराब भएर हावाहुरी तथा मेघगर्जनसहित वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा मौसम बदली भई हावाहुरी र मेघ गर्जनसहित पानी परिरहेको छ ।

विशेषगरी सुर्खेतदेखि पूर्व र भरतपुरदेखि पश्चिमका सबै क्षेत्रमा मौसम बदलिरहेको मौसमविद् शान्ति कँडेलले बताइन् । अहिले सामान्यतया प्रि–मनसुनको समय चलिरहेकाले मौसम फेरबदल भइरहेको छ ।

स्थानीय वायूमात्र नभई बंगालको खाडीबाट जलवाष्पयुक्त हावा र पश्चिमी वायू निकै सक्रियपूर्वक नेपाल प्रवेश गरेकाले मौसममा बदली भएको महाशाखाले जनाएको छ ।

वर्षाको क्रम आज साँझदेखि भोलि पनि दिनभर रहने मौसमवीद् कँडेलले बताइन् । बुधबार दिउँसो केहीबेर घाम लागेजस्तो हुने तर बिहान र साँझ मौसम फेरि बदली हुने महाशाखाको पूर्वानुमान अनुमान छ ।

यस्तो छ महाशाखाको पछिल्लो जानकारी