सलमान खानको नाममा लाखौं ठगेको अभियोगमा गुरुङ पक्राउ

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, असार ३०, २०७५

काठमाडौं – बलिउड अभिनेता सलमान खानको नाममा टिकट बिक्री गरेर ठगी गरेको अभियोगमा प्रहरीले सीमान्त गुरुङलाई पक्राउ गरेको छ ।

 

 

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गुरुङलाई शुक्रवार पक्राउ गरेको हो । सलमान खान लगायतका बलिउड स्टार नेपाल ल्याउने भन्दै झुक्याएर टिकट बिक्री गरी ठगी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताएका छन् ।

 

 

फागुन २६ गते काठमाडौंको टुँडिखेलमा हुने भनिएको सलमान खानको दब्याङ्ग टुर नेपाल स्थगित भएको थियो । जेठमा कार्यक्रम गर्नेभन्दै आयोजकले बताएर पैसा फिर्ता गर्न मानेका थिएनन् ।