भक्तपुरमा एकै परिवारका तीन जनाको मृत्यु

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, असार २८, २०७५

भक्तपुर –  भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिरोले टहरो पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सुतिरहेको बेला खसेको पहिरोले च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको भक्तपुरले जनाएको छ । भूकम्पपीडित लामा परिवार बस्दै आएको अस्थायी टहरो भत्किदा उनीहरु च्यापिएका हुन् ।