पुरा डुब्यो भक्तपुर ! [ तस्बिर सहित ]

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, असार २८, २०७५

काठमाडौँ- अविरल बर्षाका कारण उपत्यका प्रभावित भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर बाढीका कारण प्रभावित भएको छ । घर–घरमा पानी पसेको छ ।

 

 

भक्तपुरको सानोठिमीलगायतका क्षेत्र डुब्न थालेको छ । बर्षा नरोकिएका कारण विभिन्न ठाउँबाट जम्मा भएको बाढीका कारण भक्तपुर डुबेको हो ।

 

 

यस्तै ललितपुरका विभिन्न क्षेत्र पनि डुबानमा परेको छ । काठमाडौंका सडकमा हिँड्ने अवस्था छैन ।