भारतले यसरी जालमा फसायो नेपाली सेनालाई, जंगी अड्डामा बबण्डर

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ ३१, २०७५

काठमाडौं – भारतको पिथौरागढमा जेठ १६ गतेदेखि सञ्चालन भएको नेपाली सेना र भारतीय सेना बीचको संयुक्त ‘अभ्यास सूर्यकिरण–१३’ मंगलबार समापन भएको छ । तर, भारतीय मीडियाले यो सैन्य अभ्यास चीन विरुद्ध भएको भनेर प्रचार गरिरहेका छन् ।

भारतीय न्यूज च्यानल एवीपी न्यूजले सैन्य अभ्यास चीन विरुद्ध भएको दावी गरेको छ। त्रिदेशीय सीमा नजिक भएको यो सैन्य अभ्यास खास रहेको भारतीय सैन्य अधिकारीहरुले बताएको एवीपी न्यूजको भनाई छ ।

दोक्लाम विवादले भारत र चीनवीच तनाव बढाएको थियो । पछि वार्ताबाट दुई देशले यसको हल गरेका थिए । नेपाली सेनाले बुधवार विज्ञप्ती जारी गरेर अभ्यासमा प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापन सम्बन्धि विषयहरु समावेश गरिएको उल्लेख गरेको थियो ।

भारतको मिजरममा २०६७ सालबाट पहिलो पटकसुरु भएको यस्ते संयुक्त अभ्यास हाल एक–एक वर्षको अन्तरालमा नेपाल र भारतमा सञ्चालन हुने गर्दछ । तर, भारतीय मीडियाले चाहिँ यसलाई चीन विरुद्ध भनेर प्रचार गरेपछि नेपाली सेनाको सैन्य कुटनीति विवादमा आउने खतरा छ ।

अभ्यासमा नेपाली सेनाकोतर्फबाट ‘गोरख बक्स गण’का प्रमुख सेनानी तिलक बहादुर थापा क्षेत्रीको कमाण्डमा ३०० फौज ९१ सेक्सन महिलासहित र भारतीय सेनाकोतर्फबाट ‘१३ जम्मुकस्मिर राइफल्स’का महा सेनानी निपुन कृष्णनको कमाण्डमा ३०० फौज सहभागी भएका थिए ।

नेपाली सेनाको तर्फबाट संयुक्त अभ्यासको पर्यवेक्षकको रुपमा गएका मध्य पश्चिम पृतनापति उपरथी राजेन्द्र कार्की र भारतीय सेनाको तर्फबाट उत्तर भारत एरिया हेर्डक्वाटर्सका चिफ अफ स्टाफ उपरथी नीरज वर्माले ‘अभ्यास सूर्यकिरण—१३’ को संयुक्त रुपमा समापन गरेका थिए ।

सम्वोधनको क्रममा उनीहरुले यस्ता अभ्यासबाट दुई देशका सेनाको पेशागत ज्ञान अभिवृद्वि भई दुई देशको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए। सैन्य अभ्यास चीनविरूद्ध भएकाे खबर अाएपछि जंगी अड्डाले समेत चासाे व्यत्त गरेकाे छ।