बौद्धिक सम्पत्तिका अभियन्ता सुरेश अधिकारी भन्छन: ‘संगीत उत्पादकहरु हाम्रा खलासी हुन’ [ भिडियोसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ ९, २०७५

काठमाडौँ- गैर सदस्यहरुको सदस्यता छानबिनको निबेदन दिदै निर्बाचनमा होमिएका उत्पादक हरुको कृते प्यानकार्डको प्रयोग गरि काल्पनिक मतदाता खडा गरि मतदानमा सहभागी भइरहदा प्रक्राउ गरि यसै कुराको जानकारी रजिस्ट्रारको कार्यलयमा दिदै न्यायको लागि अदालतको ढोका ढक्ढकाई रहेका उत्पादक हरुले छुट्टै भेला गरेका र ९० जना संगीत उत्पादक हरुले  अविस्वासको प्रस्ताबमा पेश गर्दै बास्तबिक संगीत उत्पादक हरुले संगीतको रोयल्टी प्राप्त गर्नु पर्छ भन्दै सस्था शुद्धीकरणका लागि विभिन्न आन्दोलनहरु गर्दै आइरहेको छ  ।

 

 

संस्था शुद्धीकरणको पबित्र अभियानमा हस्ताक्षर गर्नेहरु ब्यक्ति एत्पादन एवं श्रष्टा संग सम्वन्धित म्युजिक कम्पनीहरु धेरै छन् । राष्ट्रिय सभाकि माननिय कोमल वली, लोक दोहोरी प्रतिष्ठानका वर्तमान अध्यक्ष बद्रि पंगेनी, नि–वर्तमान अध्यक्ष चन्द्र शर्मा, रोयल्टी संकलन समाजका वर्तमान उपाध्यक्ष रमेश वि.जी, प्रस्तोता समाजका संस्थापक अध्यक्ष रामकृष्ण ढकाल लगाएत संगित उत्पादक समाजका संस्थापक अध्यक्ष पदम बहादुर बुढा समेत सहभागी रहेका छन् ।

 

बास्तविक संगित उत्पादक हरुले संगित रोयल्टी प्राप्त गर्नुपर्छ र संस्था शुद्धीकरण हुनुपर्छ भन्ने एजेन्डामा रोएल्टीका अभियनता, संगित रोयल्टी संकलन समाजमा तेस्रो कार्यकाल समाली रहेका अग्रज संगितकार सुरेश अधिकारीले संस्था शुध्धीकरण अभियान र अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने श्रष्टा एवं उत्पादकहरुलाई “गधा र खलासी ” को संघा दिएका हुन् । गत सोमवार संगित उत्पादक समाज नेपालले अयोजन गरेको भेलामा विभिन्न संघ संस्था संग सम्वन्धित पदाधिकारीहरुले आफ्नो भनाई राख्ने क्रममा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने हरुलाई तल्लो स्तरमा झारेर गाली गलौज गरेका मिडिया डवली संग कुरा गर्दै विन्ध्यावासिनी म्युजिक कम्पनीका संचालक शुवास रेग्मीले बताए ।

 

भेलामा बोल्दै संगित उद्योग संघका अध्यक्ष सुर्य बहादुर मगरले कोमल ओली लाई तथानाम गाली गर्दै उनले देश बेच्नी सम्मको आरोप लगाएको समेत जानकारी दिए ।
रोयल्टी संकलन समाजका महासचिव महेश खड्काले आफैले रोयल्टी नपाएको गुनासो गर्दै संगित रोयल्टी व्यवस्थापनको उपलब्धीको उपहास गर्दै आफ्नै पदिय मर्यादाको धज्जी उडाएको पनी जानकारी दिए ।

 

न्युन संस्थामा उत्पादक हरुको उपस्थिती रहेको अन्तरक्रिया कार्यक्रममा वास्तविक संगित उत्पादक हरुले बहिस्कार गरेका थिए । वास्तविक उत्पादक हरु भने संगीत उत्पादन समाजको कार्यलय अगाडी पानीमा झिज्दै नारा जुलुस सहितको कोण सभा र र्याली गरेको म्युजिक पल्सका संचालक वि पाण्डेले जानकारी दिए ।

 

संगित रोयल्टी संग सम्वधित रहेको संस्थाहरु शुध्धीकरण हुनुपर्छ भन्ने विषय लाई गाली गलौज गर्दै हिड्ने रोयल्टीका अभियनताहरुले भित्री मनसाय र संगित रोयल्टी प्रतिको उहाँहरुको दायीत्व बोधका विषयमा सम्वन्धित सरोकार वालाहरु सुचित रहन जरुरी छ ।

 

काम बैद्धिक सम्पतीको संकलन र वितरण भन्ने तर बैद्धिक सम्पतीका हकवालाहरुको विरोध र असहमतीलाई सम्वोधन गर्दा गाली गलौज गर्ने र उव्जीएको समस्या समाधानमा रत्तीभर ख्याल नगरी रहेको संगित रोएल्टीका अभियनताहरुको आचरण प्रति प्रश्न चिन्न खडा भएको र ब्यक्तिगत इगो र रिसिवीले सामुहिक हित गर्न नसक्ने बताए ।

 

समुहको प्रतिनिधित्व गर्ने पधाधिकारीले सदस्य र सरोकार वालाहरुको मनोभावलाई आत्मसाथ गनुपर्छ । भर्खरै ब्यवस्था भएको यातायातको संगित रोयल्टी संस्थामा गैर जिम्मेवार पधाधिकारीको कारण अन्योलमा परेको सहमती सहकार्य र सह अस्तित्व कायम गरी संगित रोयल्टीको उचित ब्यवस्थापन अहिलेको आवश्यकता रहेको समेत जानकारी दिए ।

भिडियो हेर्नुहोस