अमेरिकन एम्वेसीबाट पैसा खान्छन् ‘मह’ जोडी

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, जेष्ठ ६, २०७५

काठमाडौं – वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विभिन्न बहानामा अमेरिकन एम्वेसीबाट करोडौँ रुपियाँ आर्थिक सहयोग लिएको खुलासा भएको छ ।

 

स्रोतका अनुसार श्रेष्ठ र आचार्यको ‘मह’ सञ्चार नामक संस्थाले अमेरिकन एम्वेसीबाट सात पटकमा पाँच लाख ६ सय अमेरिकन डलर रकम लिएको खुलेको हो । यो रकम नेपाली मुद्रामा झण्ड साढे ५ करोड हुन आउँछ ।

 

हास्यकलाकारद्वय श्रेष्ठ र आचार्यले नेपाली जनतामा सचेतना जगाउने तथा सूचनामूलक फिल्म बनाउने बहानामा यति ठूलो रकम लिएको रहस्य बाहिरिएको छ ।

 

‘मह’ जोडीले अमेरिक एम्वेसीबाट यति धेरै रकम लिएको रहस्य बाहिरिएपछि शुभेच्छुकहरूले विभिन्न खालका टिकाटिप्पणी गर्न थालेका छन् ।