प्रहरी संगठन ‘चेन्ज’ गर्न जंगिए सर्वेन्द्र खनाल, बनाए यस्तो प्लान

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, जेष्ठ ५, २०७५

काठमाडौँ- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनलाई ‘नमुना संगठन’ का रूपमा रुपान्तरण गर्ने बताएका छन् । प्रहरी संगठनको प्रमुख भएको महिना दिनपछि आफ्नो कार्यकालमा गर्ने १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै खनालले प्रहरी संगठनलाई नमुना संगठनका रूपमा विकसित गर्ने दाबी गरेका हुन् ।

 

सातै प्रदेशको निरीक्षण तथा क्षेत्रिय गोष्ठी पुरा गरी राजधानी फर्किएका खनालले संगठनलाई चुस्त, आधुनिक प्रविधियुक्त र जनउत्तरदायी बनाउन प्रहरीले गर्नुपर्ने महत्वपूर्ण कार्यको पहिचान गरी सार्वजनिक गरेका हुन् ।

 

आईजीपी खनालले प्रहरी संगठनको संघीय संरचनामा सहजता र त्यसलाई औचित्वपूर्ण तरिकाले व्यवस्थापन गर्ने बताएका छन् । उनले आफ्नो पहिलो बुँदामा भनेका छन्, ‘प्रहरी संगठनको संघीय संरचनामा सहज तथा औचित्वपूर्ण व्यवस्थापन’ गर्ने ।

 

अपराध अनुसन्धानमा सवल अफिसर भएर काम गरी चर्चामा आएका आईजीपी खनालले संगठित अपराध तथा महिला, बालबालिकामाथि हुने अपराध न्यूनीकरणलाई पनि उच्च प्रथमिकतामा राख्ने बताएका छन् ।

 

उनले भनेका छन्, ‘संगठित अपराध, जघन्य अपराध, महिला तथा बालबालिकामाथिको अमानवीय कार्यप्रति कानुनी कठोरता’ लिइनेछ । त्यसैगरी खनालले विधिको शासन र सुनिश्चिताका लागि फौजदारी अपराध संहिताको कार्यान्वयनमा बस्तुनिष्ट आधारमा काम गर्ने बताएका छन् ।

 

उनले भनेका छन्, ‘विधिको शासन सुनिश्चिताका लागि फौजदारी अपराध संहिताको कार्यान्वयनमा बस्तुनिष्ट आधार निमार्ण’ गरिने छ । प्रहरी संगठनमा लामो समयदेखि वृत्ति विकास हुन नसकेका कारण प्रहरी कर्मचारीमा अन्यौलता छाएको बेला आईजीपी खनालले प्रहरी कर्मचारीको उच्च मनोबल हुने खालका कार्यक्रम ल्याउने आश्वासन दिएका छन् ।

 

उनले आफ्नो १० बुँदे योजनामा भनेका छन्,‘प्रहरी कर्मचारीको मनोबल उल्लेखनीय स्तरोन्नति र प्रहरी संगठनलाई ‘नमुना संगठन’ र ‘सुशासनको पहरेदार’मा रुपन्तरण गर्नेछु ।

 

प्रहरी कर्मचारीको मनोलललाई बढाएर संगठनलाई नमुना संगठन बनाउने उनको योजना छ । उनले भनेका छन्, ‘प्रहरी कर्मचारीको मनोबल उल्लेखनीय स्तरोन्नति र प्रहरी संगठनलाई ‘नमुना संगठन’र ‘सुशासनको पहरेदार’मा रुपन्तरण गर्नेछु ।

 

त्यसैगरी उनले मानव अधिकारको प्रर्वधन, जोखिममा रहेका वर्गलाई विषेश कानुनी संरक्षण दिएर उनीहरुलाई न्याए दिलाउने उद्घोष समेत गरेका छन् ।

 

उनले भनेका छन्, ‘मानव अधिकारको प्रर्वधन तथा जोखिममा रहेका वर्गहरुलाई विषेश कानुनी संरक्षण ।’ त्यसैगरी उनले प्रहरीमाथि लाग्ने गरेको भष्ट्राचारको धब्वालाई मेटाउने उद्घोष समेत गरेका छन् ।

 

उनले भनेका छन्, ‘संगठनिक सुद्धिकरण र भष्ट्राचारमाथि शून्य सहनशीलतामा अघि बढ्ने । त्यसैगरी उनले प्रहरी कर्मचारीको व्यावसायिकता, पारदर्शीता र निष्टामा उत्कृष्टतालाई जोड दिएका छन् ।

 

प्रहरीलाई सरकारप्रति प्रतिबद्ध एबम् नागरिक मैत्री प्रहरीको रुपमा छवि बिस्तारमा तिव्रतामा तिव्रता दिने उनको योजना छ । त्यसैगरी, प्रहरी कर्मचारीलाई विषेश प्रशीक्षण दिएर प्रहरीलाई आत्मबलयुक्त तथा प्रविधियुक्त प्रहरी बनाउने उनको योजना छ ।

 

उनले भनेका छन्, ‘विशेष प्रक्षिक्षणद्धारा आत्मबलयुक्त निर्भिक तथा प्रविधियुक्त प्रहरी मानव स्रोतको विकास । त्यसैगरी उनले प्रहरी कर्मचारीको वृत्ति विकासमा सबलता र स्रोत साधनको चुस्त व्यवस्थापन गर्ने दाबी गरेका छन् ।

 

त्यसैगरी प्रहरी कर्मचारीको मनोबल उल्लेखनीय स्तरोन्नति र प्रहरी संगठनलाई ‘नमुना संगठन’र ‘सुशासनको पहरेदार’ मा रुपन्तरण गर्ने आईजीपी खनालको योजना छ ।