गाई काटेर मासु खान लागेका तीन जना प्रहरी हिरासतमा, हिन्दूवादीहरूले दिए यस्तो चेतावनी !

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख ११, २०७५

तेह्रथुम- तेह्रथुममा गाई काटेको अभियोगमा तीन जना प्रहरी हिरासतमा पुगेका छन्।

 

छथर गाउँपालिका–६, सुदापमा गाई काटेर मासु खान लागेका शान्त लिम्बू,  प्रेम लिम्बू र उनका छोरा सुमन लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

उनीहरुलाई गाई काटेको मासुसहित पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बसन्तपुर ल्याइएको छ।

उनीहरुले आइतबार राति गाई काटेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश कोइरालाले बताए।

 

यसैबीच, गाई काटेर मासुु खाएको घटनाप्रति हिन्दूूबादी संघसंस्थाहरूले कडा आपत्ति जनाएका छन्। यस्ता प्रकारका घटना पटकपटक दोहोरिन थालेको भन्दै उनीहरुले प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन्।