काँग्रेस युवा नेता यादवले प्रधानमन्त्री ओलीलाई दिए यति ठुलो दनक, अब के आउला जबाफ ?

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, बैशाख ८, २०७५

काठमाडौँ- नेपाली कांग्रेसका नेता महेन्द्र यादवले प्रधानमन्त्री नहुँदै हेलिकप्टर चढेर धञ्चे जाने केपी ओलीले जनतालाई ठगेको आरोप लगाएका छन् ।

 

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, ‘जुन अडान राखेर मतदातासँग केपी ओलीले भोट माग्नुभयो । भारतमा पुगेर लम्पसार बनेर सबै अडान त्याग्नुभयो ।’ ओलीले राष्ट्रवादको नाममा मतदाताहरूलाई ठगेको उल्लेख गरे ।

 

‘केपी ओली दिल्लीमा लम्पसार बन्न जानुभयो’, उनले भने, ‘अरु प्रधानमन्त्री दिल्ली जाँदा आलोचना गर्ने केपी ओलीलाई के भन्ने ?
‘प्रधानमन्त्री नहुँदै धुञ्चे जानुभयो । अहिले कता जानुभयो ?’, प्रश्न गर्दै यादवले भने, ‘केपी ओलीले सबै अडान त्याग्नुभएको छ । उहाँको नक्कली राष्ट्रवादी भताभुङ्ग बनेको छ ।’

 

‘जुन उदेश्यका लागि भोट माग्नुभयो त्यो अडानमा बस्न सक्नुभएन’, उनले भने, ‘जनतालाई ठग्नुभयो । उहाँले भारतमा के–के गरेर आउनुभयो खुल्दै जानेछ ।’
प्रधानमन्त्री ओलीले राष्ट्रवादको नक्कली खोल ओडेको नेपाली कांग्रेसका नेता यादवको आरोप थियो ।