उत्पादक समाज सुद्धिकरण भन्दै रेग्मी पक्ष ६५ सक्रिय संगीत ब्यबसायी सहित अदालतमा

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, बैशाख ३, २०७५

काठमाडौँ- यहि चैत २३ गते भएको उत्पादक समाजको चुनाबमा ब्यापक धाधली भएको भन्दै अन्तिम विकल्पको लागि सुबाश रेग्मी ( विन्ध्यवासिनी म्युजिक प्रा ली ) सहित करिब ६५ सक्रिय संगीत ब्यबसायीहरु अदालत पुगेका छन् ।

 

बर्तमान कार्य समितिले चुनाबमा ब्यापक धाधली गरेको प्रमाण सहित अन्तरिम आदेशको माग गर्दै पुनरावेदन अदालत पार्टनमा आज मुद्दा दायर गरेका छन् ।

 

बिगत ३ महिना देखि उत्पादक समाज शुद्धीकरण भन्दै रेग्मी प्यानल आन्दोलनमा लागि परिरहेका छन् । अन्ततः कुनै पनि उपाए नलागेपछि अदालतको ढोका पुग्न बाध्य भएको मिडिया डबलीसंग  कुरा गर्दै सुबाश रेग्मीले जानकारी दिए ।

 

उत्पादक समाजलाई निगमन गर्ने सरकारी निकाय प्रतिलिपि रजिस्ट्रारको कार्यालयमा अनेक हारगुहार गर्दा पनि कुनै सुनुवाई नभएपछी अदालत गएको रेग्मी प्यानलको दाबि छ । करिब ९९ प्रतिशत रोयल्टीका हकदारको नेतृत्व एक प्रतिशत पनि रोयल्टी नबुझ्ने व्यक्तिहरुले नेतृत्व  गर्ने कुरा दुर्भाग्य भएको कृष्ण फिल्मका संचालक तथा ब्यबसायी बाबु राजा केसी [ उज्वल ] ले मिडिया डबली लाई जानकारी दिए ।

 

गत २३ गतेको चुनाबमा शान्ता परियार भन्दै भोट हाल्न १ अपरिचित महिला भोट हाल्न पुगेपछि उत्पन बिबादका कारण रेग्मी पक्षले चुनाब बहिस्कार गरि आन्दोलनमा उत्रिएको थियो ।

 

आज पेस गरिएको मुद्दाको यस्तो छ नालीबेली