आईजीपी अर्यालसहित यी २६ जना प्रहरी अधिकृतले पाउँदैछन् अनिवार्य अवकाश

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, चैत्र २७, २०७४

काठमाडौँ– प्रहरी महानिरीक्षक(आर्इजिपी) प्रकाश अर्यालसहित २६ जना उच्च प्रहरी अधिकृतले नियमित अवकाश पाउनृे भएका छन् । चैत २८ अर्थात बुधबारबाट आर्इजिपी अर्यालसहित १६ जना एआर्इजी, ९ जना डिआर्इजी र १ जना एसएसपी नियमित अवकाशमा जान लागेका हुन् ।

 

आइजिपी अर्यालसँगै ३० वर्षे सेवा अवधिबाट एआइजीहरु कमलसिंह बम, केशरीराज घिमिरे, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पंकज श्रेष्ठ अवकाशमा जादैँछन् ।

त्यस्तै एआइजीहरु पशुपति उपाध्याय, बमबहादुर भण्डारी, बिजयकुमार भट्ट, बिजयलाल कायस्थ, मधु प्रसाद पुडासैनी, माधव प्रसाद नेपाल, माधवप्रसाद जोशी, मिङ्मार लामा, रणबहादुर चन्द र हेमन्तबहादुर पाल पनि बुधबारबाट अवकाशमा जाने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै डिआइजीहरु केदारमानसिंह भण्डारी, गणेश केसी, गोबिन्द प्रसाद निरौला, पुष्कलराज रेग्मी, पुष्पचन्द्र रन्जित, रमेशकुमार भट्टराई, रोमेन्द्रसिंह देउजा सुदीप आर्चाय अवकाशमा जान लागेका छन् ।

बुधबारबाट नै एसएसपी विष्णुहरी गौतम अवकाशमा जाने छन् भने उनका ब्याजी एसएसपी शुभाषचन्द्र चौधरीले ६ वर्षे पदावधिका कारण सोमबार अवकाश पाइसकेका छन् ।