संगीत उत्पादक समाज नेपालको धज्जी उडाउदै महासचिब हुम गैरे, सुबाश रेग्मी प्यानलले गरे चुनाब बहिस्कार !

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, चैत्र २३, २०७४

काठमाडौँ-  संगीत उत्पादक समाज नेपालको आज भएको चुनाबमा सर्वसम्मत रुपमा महासचिबमा पारित भएका हुम गैरेले आफ्नु असली रुप देखाएका छन् ।

कमलादी स्थित सी डब्लु क्याफेमा आज भइरहेको चुनाबमा फर्जी रुपमा भोट हाल्न गएकी एक जनालाई अहिले चुनाबमा अध्क्षय पदमा उठेका सुबाश रेग्मीले पत्ता लगाएपछी कार्यक्रममा हङ्गामा भएको हो ।

हुम गैरेले यस्तो कार्य गरेको थाहा पाएपछी मत गडानामा आफ्नु आफ्नु प्यानलले कार्यक्रममा बिरोध गरेका थिए।यसै कार्यक्रममा आएका राष्ट्रिय लोक दोहोरि प्रतिष्ठानका अध्क्षय बद्रि पंगेनीले पनि गैरेले यो नराम्रो काम गरेको समेत प्रस्ट पारे ।

गैरेले शान्ता परियार नामको अर्कै मान्छेलाई भोट हाल्न पठाएपछी कार्यक्रमनै बिथोली अध्क्षय पदमा उठेका सुबाश रेग्मी प्यानलले बहिस्कार गरेका छन्  ।

गैरेले चुनाबमा भोटरहरु कपाल काट्ने देखि लिएर ब्युटीसिएन सम्म ल्याएर धाधली गरेको र मुचुल्कामा सबै प्रतिनिधिहरु दस्ताखत नगरी हिडेको आरोप लागेको छ ।

यति हुदा हुदै पनि यदि मत परिमाण सार्बजनिक गरिएको खण्डमा रजिस्ट्रर कार्यालय घेराउ गर्ने र संगीत उत्पादक समाजको अफिसमा तालाबन्दी गर्ने सुबाश रेग्मी प्यानलले मिडिया डबली संग कुरा गर्दै बताए ।

रियल प्रडुसरहरुले आफ्नु रोयल्टी उठाउने अधिकारबाट सदस्यता बाट खारेज गर्ने समते जानकारी दिए ।