गाउँलेलाई बन्दुक देखाएर भागेका थिए सलमान खान

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, चैत्र २३, २०७४

हिन्दुस्तान दैनिकमा छापिएको समाचार अनुसार कालो हरिण(कृष्णसार) को शिकारपछि सलमान खान गाउँलेलाई बन्दुक देखाएर भागेका थिए ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै हिन्दुस्तान दैनिकले दावी गरेको छ, ‘कृष्णसारलाई मारेपछि गाउँका केही व्यक्तिले हिम्मत देखाउँदै सलमान खानको जीपको पछ्याएका थिए । आफूलाई गाउँलेले घरेपछि सलमानले बन्दुक देखाउँदै त्यहाँबाट भागेका थिए ।’

सलमान खानलाई गाउँलेले समात्न नपाए पनि उनीहरुको जीपको नम्बर नोट गरेका थिए ।

अक्टोबर २, १९९८ को राति सलमानसँगै ‘हम साथ साथ हे’ का अन्य कलाकार सैफ अली खान, तब्बू, सोनाली बेन्द्रेलगायत पनि रहेका थिए ।