ओलीले महन्थलाई उपराष्ट्रपति बनाउँ भन्दा प्रचण्ड बुरुक्क, बाम गठबन्धनमा खैलाबैला !

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, फाल्गुन ३०, २०७४

काठमाडौँ- प्रधानमन्त्री एबं एमाले अध्यक्ष केपी ओलीले उपराष्ट्रपतिमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नाम अघि सारे ।

महन्थको नाम सुन्नासाथ  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुन्न भने पछि वाम भित्र खैलाबैला मच्चिएको छ ।

वाम गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महन्थको नाममा समर्थन जनाउन नसकिने जवाफ प्रधानमन्त्री ओलीलाई दिएसँगै ओली तनावमा परेकाछन् ।

जसरी हुन्छ महन्थलाई फकाउने अभियानमा लागेका ओली पछिल्लो समय तनावमा परेका हुन् ।

प्रचण्डले वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै दोहोरनुपर्ने अडान लिएका छन् । यसअघि ओली–प्रचण्डबीच यसबारेमा सहमति भैसकेको थियो ।

तर, राजपापनि सरकारमा सहभागी हुने तयारी गरेसँगै ओलीले  महन्थलाई यस्तो अफर गरेका हुन् ।