अस्पताल लगिएकामध्ये मृत ४ जनाको पहिचान खुल्यो

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, फाल्गुन २८, २०७४

काठमाडौँ – त्रिभुवन विमानस्थलमा दुर्घटना परेको यूएस बंगलाको विमानका घाइतेहरुलाई उपचारको लागि लगिएको छ । जसमध्ये धेरैको अवस्था गम्भीर रहेको र विमानबाट उद्धारगरि लगिएका मध्ये केहीको अस्पताल मै मृत्यु भएको छ ।

केएमसी अस्पताल सिनामंगल लगिएका मध्ये ६ जनालाई मृत घोषणा गरिएको छ । मृतकमध्ये ३ जनाको पहिचान खुलेको छ । पहिचान खुलेका मध्ये सजना देवकोटा, प्रबिण चित्रकार र हरिशंकर पौडेल रहेको अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै एक विदेशी रोकिबुल हसन मृतक रहेका छन् । विमानबाट २३ जनाको शव निकालिएको छ । थप विवरण आउन बाँकी छ ।