विमान दुर्घटनावारे विमानस्थल प्रवक्ताको विफ्रिङः विमानमा ३३ जना नेपाली भएको खुलासा

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, फाल्गुन २८, २०७४

काठमाडौँ –  त्रिभुवन विमानस्थलमा दुर्घटना भएको बंगलादेशको एयर युएस बंगला विमानदुर्घटनाग्रस्त विमानमा ३३ जना नेपाली रहेका थिए ।

नागरिक उड्यन प्राधिकरण, त्रिभुवन विमानस्थलका प्रवत्ता प्रेमनाथ ठाकुरका अनुसार विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना रहेका थिए ।

त्यसमा ३३ जना नेपाली नागरिक थिए भने अन्य विदेशी नागरिक हुन् । अवतरणका क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रवत्ता ठाकुरले बताए ।