रहेनन् साहित्यकार इन्द्रबहादुर राई

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, फाल्गुन २३, २०७४

साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ। ९० वर्षीय राईको दार्जिलिङस्थित निवासमा निधन भएको सिलिगुरीका साहित्यकार राजा पुनियानीले बताए।

भारतको दार्जीलिङमा जन्मेका राईले नेपाली भाषा तथा वाङ्मयमा लामो योगदान पुर्याएका छन्। केही वर्षयता राई स्वास्थ्यका विविध समस्या खेपिरहेका थिए। उनी उपचारका लागि गत वर्ष काठमाडौं समेत आएका थिए।

लीलालेखनका सुरुवातकर्ता तथा आयामेली साहित्यका सर्जक राईको ‘विपना कतिपय’, ‘आज रमिता छ’, ‘कठपुतलीको मन’ लगायतका सिर्जनाहरु प्रकाशित छन्।

नेपाली भाषालाई भारतको संविधानमा राष्ट्रभाषाका रुपमा पहिचान दिलाउने चार दशक लामो भाषिक आन्दोलनमा पनि उनको योगदान रहेको थियो।

२०७२ सालमा राईलाई त्रिभुवन विश्वविद्यालयले मानार्थ विद्यावारिधीले समेत सम्मान गरेकाे थियाे।