पुनर्निर्माण प्राधिकरणको सिईओमा डा. गोविन्द पोखरेल नियुक्त

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, पुस २७, २०७३

pashupati

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले सिईओ पदबाट सुशील ज्ञवालीलाई बर्खास्त गरेर पोखरेललाई नयाँ सिईओमा नियुक्त गरेको भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिए।

नवनियुक्त सिईओ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्। प्युठान रस्पुरकोट निवासी डा. पोख्रेललाई पुनर्निर्माण प्राधिकरणमा नियुक्त गर्न कांग्रेसले प्रस्ताव गरेको थियो ।