सुन तस्करीको आरोपमा पनौतीबाट दुई जना पक्राउ

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, पुस २७, २०७३

pashupati

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ केजी सुन बरामदपछि अनुसन्धानका लागि थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप काभ्रेको पनौतीबाट दुई जनालाई पक्राउ गरेको हो।

मंगलबार समातिएका दुई जनालाई सिआइबी बुझाइसकिएको काभ्रे प्रहरी प्रमुख एसपी सहकुल थापाले बताए।