सरकारले अवरुद्ध संसद् खोल्न पहल नगरेको नेपालको आरोप

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, पुस १७, २०७३

pashupati

नेकपा(एमाले)का नेता माधवकुमार नेपालले सरकारले अवरुद्ध संसद् खोल्न पहल नगरेको आरोप लगाएका छन्।

महोत्तरीको बर्दिवासमा जिल्लाका आफ्नै दलका अगुवालाई अहिलेको राजनीतिक अवस्थाबारे अवगत गराउँदै नेता नेपालले सरकारले प्रमुख विपक्षीलाई बेवास्ता गरी प्रस्ताव पेस गर्न खोजे समस्या झन् बल्झने पूर्वप्रधानमन्त्री नेपालले औँल्याए ।

आफ्नो पार्टी सहमति र आपसी सहकार्यको राजनीतिबाट अघि बढ्न तत्पर रहेको बताउँदै उहाँले संशोधन प्रस्ताव फिर्ता लिनासाथ अरु प्रक्रिया अघि बढ्ने विचार व्यक्त गरे। “एमालेलाई मधेस विरोधी भनेर हल्ला पिट्नेलाई म चुनावको घोषणा गरेर जनतामा पुग्न चुनौती दिन्छु, मधेसी जनता समुचित निर्णय दिन सक्षम छन्”, उनले भने।