इलाममा परीक्षा दिएर फर्किएका तीन किशोरी माईखोलामा बेपत्ता

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, असार २८, २०७६

http://www.nepatop.com.np/

इलाम –इलाममा परीक्षा दिएर फर्किदै गरेका तीन विद्यार्थी माइ खोलामा बेपत्ता भएका छन्।

माई नगरपालिका ६ भगवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी खोला तर्ने क्रममा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ ।

बेपत्ता हुने विद्यार्थीमा कक्षा ९, ८ र ६ पढ्ने माइ नगरपालिका १ ज्वालेका निशा सुनार, आकृति आङ्देम्बे र सुनिता साउदने रहेका छन् ।

उनीहरुसँगै घर फर्किर्दै गरेका अन्य दुई विद्यार्थी भने खोला तर्न सफल भएका छन्।