नयाँ बसपार्कमा कार्यरत तीन प्रहरी पक्राउ, गरेका रहेछन् यस्तो कर्तुत

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, असार २८, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरीवृत्त नयाँ बसपार्कमा कार्यरत प्रहरी जवानसहित तीन जनालाई रु एक लाख घुससहित पक्राउ गरेको छ ।

आयोगका अनुसार प्रहरी जवानत्रय देवेन्द्र बलायर, आकाश खनाल र नेपाल प्रहरी २ नं गणमा कार्यरत नीरज भण्डारीलाई घुससहित पक्राउ गरेको हो ।

सवारी दुर्घटनाको बीमा दाबी पत्र बनाइदिने भन्दै उनीहरुले सामूहिकरुपमा एक सेवाग्राहीसँग घुस मागेका थिए ।

उनीहरुलाई टोखा नगरपालिका– १० बाट शुक्रबार पक्राउ गरिएको भए पनि शनिबार सार्वजनिक गरिएको आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । पक्राउ परेका उनीहरु बारे थप अनुसन्धान भइरहेको छ ।