पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, असार २८, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ- अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर भोजपुरमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको रामप्रसाद राई गाउँपालिका–५ मानेमञ्ज्याङमा स्थानीय कुमार राईको भान्सा घर पहिरोले पुर्दा उनकी श्रीमती मनकुमारी र छोराहरु शिवकुमार र शक्तिकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

भान्साघरमा मकै भुट्न गएका बेला माथिबाट खसेको पहिरोले थिच्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीको टोली खटिएको छ । अहिले पनि पानी परिरहेको र पहिरो खसिरहेकोले शव निकाल्न नसकिएको प्रहरीको भनाई छ ।